
एजेन्सी । सुपरडुपर हिट सिनेमा ‘बाहुबली’मा कट्प्पाको भूमिका गरेर चर्चा बटुलेका अभिनेता सत्यराजले मणिरत्नमको निर्देशनमा बन्ने एक सिनेमामा पूर्वविश्वसुन्दरी एवम् अभिनेत्री ऐश्वर्या रायको जोडी बन्ने भएका छन् ।
‘पोन्निनी सेल्वम’ नामक सिनेमामा दुबैले एकअर्कासँग रोमान्स गर्नेछन् । सिनेमामा दुबै पतिपत्नीको भूमिकामा हुनेछन् । सिनेमामा अमिताभ बच्चनले पनि काम गर्ने सम्भावना रहेको बताइएको छ ।
मणिरत्नमले बनाउन लागेको यस सिनेमा एक चर्चित तमिल उपन्यासमा आधारित रहनेछ । सिनेमा ठूलो बजेटमा बन्नेछ । सिनेमाले एक त्यस्ती राजकुमारीको कथा भन्छ जसले राजासँग विवाह गरेर रानी बनेपछि शक्तिको चरम दुरूपयोग गर्न लाग्छिन् ।