एयरपाेर्टमा उडिरहेकाे प्लेनमा चरा ठोक्कियो

काठमाण्डु टुडे २०७६ वैशाख ५ गते ११:४५ मा प्रकाशित

काठमाण्डु, ५ बैशाख – नेपाल वायुसेवा निगमको जहाजमा चरा ठोक्किएको छ ।मलेसियाको राजधानी क्लालाम्पुरबाट काठमाण्डु आउँदै गरेको निगमको आरए ४१६ जहाज अवतरणका क्रममा पाङग्रामा चरा ठोक्किएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार बिहान ९ः ३० बजेतिर धावनमार्गमा गुडिरहेका बेला जहाजको पछाडिको पाङ्ग्र्रामा चरा ठोक्किएको हो । जहाजमा कुनै क्षति नभएको र सबै यात्रु सकुशल रहेका पनि विमानस्थलले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us