कंगनाले आलियासँग तुलना गरेर मेरो बेइज्जत नगर्नुस् भनेपछि आलियाले दिइन् कडा जवाफ

काठमाण्डु टुडे २०७६ वैशाख ४ गते १२:१४ मा प्रकाशित

एजेन्सी – अभिनेत्री कंगना रनावत बलिउडका कयौं मानिससँग असन्तुष्ट छिन् । उनी विभिन्न कारणले चर्चामा पनि छाइरहन्छिन् । हालै उनको अभिनेत्री आलिया भटसँगको शितयुद्ध चर्चामा छ ।

पछिल्ला कयौं अन्तरवार्तामा कंगनाले आलियामाथि सिधा सिधा हमला गर्ने गरेकी छन् । यसै सिलसिलामा उनी फेरि एकपटक आलियामाथि खनिएकी छन् । आलियाले पनि कंगनालाई गतिलो र सटिक जवाफ फर्काएकी छन् ।

‘आलिया भट्टसँग मेरो के तुलना हुनसक्छ ? ‘गल्ली व्वाई’मा पनि आलियाको अभिनय खास थिएन । यस सिनेमा पनि उनले आफ्ना अघिल्ला सिनेमामा गरेजस्तै छुच्ची केटीको भूमिका निभाएकी छिन् । आलियासँग तुलना गरेर मेरो बेइज्जत नगर्नुस्’, कंगनाले भनिन् ।

कंगनाले यस्तो भनेपछि आलिया चुप बस्ने कुरै थिएन उनले पनि यसको सटिक जवाफ कंगनालाई फर्काएकी छन् । ‘म कंगनाको अभिनय र उनको नामको एकदमै इज्जत गर्छु, साथै उनको विचारको पनि । यदि कंगनालाई त्यस्तो लाग्छ भने त्यसमा पक्कै पनि केहि कारण हुनुपर्छ’, आलियाले जवाफ दिइन्, ‘ म यो टिप्पणीको ठाँउमा त्यो टिप्पणीलाई राख्न चाहन्छु जब कंगनाले राजी हेरेपछि मेरो तारिफ गरेकी थिइन् । अब उनको कुरा सुनिसकेपछि म मेरो काममा बढि ध्यान दिनेछु र साथै आफ्नो कामलाई यति राम्रो गर्ने प्रयास गर्छु की उनले मेरो तारिफ तारिफ गरून ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us