
काठमाण्डु, ३ वैशाख– बागलुङको ढोरपाटन वन्यजन्तु शिकार आरक्षबाट पोखराका लागि उडेको प्रभु कम्पनीको हेलिकप्टर खराब मौसमका कारण आकस्मिक अवतरण गरिएको छ ।
मंगलबार साँझ ६ः०० बजे ढोरपाटनबाट पोखराका लागि उडेको प्रभुको ‘ नाइन एन एजेए’ हेलिकप्टर बागलुङको बलेवामा आकस्मिक अवतरण गरिएको हो । हेलिकप्टरमा एक विदेशीसहित शिकार आरक्षका दुई कर्मचारी रहेको बताइएको छ । हेलिकप्टर मंगलबार रातभर बलेवामा राखिने भएको छ । मेघ जर्गनसहितको वर्षा र हावाहुरीका कारण पोखराको मौसम खराब भएकाले हेलिकप्टर आकस्मिक अवतरण गराइएको प्रभु कम्पनीले जनाएको छ ।