‘माग्ने बुढा’ प्रबल जनसेवाश्री पदकबाट सम्मानित

काठमाण्डु टुडे २०७६ वैशाख २ गते १६:१५ मा प्रकाशित

काठमाण्डु, २ वैशाख – हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ प्रबल जनसेवाश्री पदकबाट सम्मानित भएका छन् । २०७६ साल वैशाख एक गते एक कार्यक्रमबीच राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पदकसहित सम्मानित गरेकी हुन् ।

कलाकारितका क्षेत्रबाट समाजमा रुपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका कारण हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’लाई प्रबल जनसेवाश्री पदकले सम्मान गरिएको हो ।

नेपाल सरकारबाट यो सम्मान प्राप्त भएसँगै आफ्नो काँधमा थप जिम्मेवारी आएको कलाकार केदार घिमिरेले बताए । उनले प्रवलजनशेवाश्री पदकका लागि आफूलाई योग्य ठानस् सम्मान प्रदान गरेको प्रति नेपाल सरकारलाई धन्यवाद ज्ञापन गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us