सशस्त्र प्रहरीको पाठ्यक्रम परिवर्तन

काठमाण्डु टुडे २०७६ वैशाख २ गते १५:१९ मा प्रकाशित

काठमाण्डु, २ वैशाख – सशस्त्र प्रहरी बलले प्रहरीमा लिखित परीक्षामा पास हुनेको संख्या बढेपछि पाठ्यक्रम नै परिवर्तन गरिएको छ । सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनालले लिखित परीक्षामा अप्रत्याशित नतिजा आउन थालेपछि पाठ्क्रम परिवर्तन गरिएको जानकारी दिए ।

उनले भने, ‘ सरकारी जागिरप्रति आकर्षण कम भएको होइन । परीक्षा प्रणाली सहज नभएको होला । हामीले परीक्षा सहज बनाउन पाठ्यक्रम परिवर्तन गरेका छौँ ।’

योभन्दा अगाडि विज्ञापन खुलाए जतिले पनि लिखित परीक्षा पास नगरेपछि फेरी नयाँ भर्ना प्रक्रिया सुरु गरिएको छ । नयाँ सूचनाअनुसार वैशाख ५ गतेसम्म फारम भर्न सकिनेछ ।

‘यो पटक उल्लेख्य आवेदन परेका छन् । यसपालि चाहेको भन्दाबढीले पास गर्नुहोला’, महानिरीक्षक खनालले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us