सोलुमा भरुवा बन्दुक पड्किएर युवकको मृत्यु

काठमाण्डु टुडे २०७६ वैशाख २ गते १४:४२ मा प्रकाशित

सोलुखुम्बु, २ वैशाख – माप्यदूधकोशी गाउँपालिका–४ मा भरुवा बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ ।

काँकु डाँडागाउँका २० वर्षीया सुमन राईले आइतबार साँझ बन्दुकमा गोली भर्ने क्रममा पड्किएर उनको पेटमा गोली लागेको थियो । उनलाई उपचारका लागि फाप्लुु जिल्ला अस्पताल ल्याउन लाग्दा राति १ बजे बाटैमा मृत्यु भएको प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए ।

उनको शव परीक्षणका लागि फाप्लु जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us