
एजेन्सी । अभिनेता इफरान खान घर फर्किएका छन् । एकदम दुर्लभ र निकै जटिल प्रकृतिको क्यान्सरबाट पीडित रहेका इरफान उपचारपछि लन्डनबाट घर फर्किएका हुन् । उनकी पत्नी सुतापा सिकदरले पनि इरफानलाई सक्दो ढाडस दिइरहेकी छिन् ।
सुतापाले लेखेकी छिन्, ‘यो जीवनको सबैभन्दा लामो साल हो । समयलाई कहिले पनि दर्द र आशाले नाप्न सकिदैन । हामी आफ्नो सानो कदम काममा फर्काउँदैछौ र यसका लागि म ति साथी, ति तमाम शुभचिन्तकलाई धन्यबाद दिन्छु कि, जसको प्रार्थनाले हामीलाई यस्तो मौका मिल्यो । मैले कहिले पनि अप्रत्याशित शब्दको अर्थ यति राम्ररी महसुष गरिन । न त मैले व्यक्तिको प्रार्थनालाई यति राम्ररी महसुष नै गरेकी थिएँ ।’
उपचारबाट फर्किएका इरफान खानले आफ्नो फिल्मको छायांकन सुरु गरेका छन् । उनी फिल्म ‘हिन्दी मिडियम’को सिक्वेल ‘अंग्रेजी मिडियम’मा काम गर्दैछन् । हालै यस फिल्मको सेटमा इरफान खानको तस्वीर भाइरल भएको छ ।
अहिलेसम्म यस कुराको खुलासा भएको छैन कि फिल्ममा इरफान खानको अपोजिटमा कुन अभिनेत्री छिन् । खबर अनुसार उनीसँगै यस फिल्ममा करिना कपूर खान देखिनेछन् ।