वृद्धवृद्धाका लागि खुसीको खबर ! प्रधानमन्त्रीले गरे वृद्धभत्ता बढाउने घोषणा

काठमाण्डु टुडे २०७६ वैशाख १ गते १२:५० मा प्रकाशित

काठमाण्डु, १ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्ता बढाउने घोषणा गरेका छन् ।

आइतबार ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैंक खाता खोलाउने राष्ट्रिय अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यस वर्षको बजेटमा वृद्ध भत्ता बढाउने घोषणा गरेका हुन् ।

‘अर्थमन्त्री यहीँ हुनुहुन्छ, बजेट नआई भन्न त नमिल्ने हो, तर लुकाएर लुक्ने कुरा छैन, वृद्धभत्ता बढ्छ’ उनले भने ।

वृद्धि भत्ता बढ्छ भन्ने सबैलाई थाहा भएको प्रधानमन्त्रीले दावी गरे । ‘बाआमाहरुले मरिन्छ कि भन्ने कुरा गर्नुभयो’, उनले भने, ‘वृद्धभत्ता बढ्दैछ ।’

उनले केही वर्षभित्र नेपाल निरोगी र स्वस्थ हुने जिकिर गरे । उनले अपवादमा मात्रै मान्छेहरु विरामी हुने उनको दावी गरे ।

‘बिरामी अपवादमा मात्र हुन सक्छन्, कुपोषणका कारण विरामी, अभावका कारणले विरामी, जानकारीका अभावका कारणले विरामी, रोगलाग्ने वातावरणको सुरक्षाको अभावले विरामी, यस्ता अनेक कारणले हुने विरामी, शुद्ध र स्वस्थ खानेकुरा प्राप्त नगरेर विरामी अब हुँदैनन् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us