के दीपिका पादुकोण गर्भवती भएकै हुन त ?

काठमाण्डु टुडे २०७५ चैत ३० गते १२:२३ मा प्रकाशित

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंहले गत वर्ष विवाह गरेका थिए । हालैका दिनमा दीपिका पादुकोण गर्भवती भएको खबरहरु भारतीय संचारमाध्यममा निकै फैलिएका छन् ।

दीपिकाले आफ्नो गर्भावस्थाबारे जवाफ दिएकी छन् । एक अन्तर्वार्तामा उनले खबरहरु झुठो भएको बताइन् ।

उनले विवाहित महिला कुनै समयमा पुगेर आमा बन्ने निश्चित भएको बताउँदै गलत समाचार दिएर दबाब सृजना गर्नु गलत भएको बताइन् ।

उनले भनिन्,‘कुनै विवाहित जोडीलाई मातापिता बन्ने दबाब दिनु ठिक होइन् ।’ एजेन्सी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us