नयाँ वर्षमा टेलिकमले ल्यायो अफरै–अफर

काठमाण्डु टुडे २०७५ चैत २९ गते १५:१५ मा प्रकाशित

काठमाण्डु, २९ चैत – दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले ‘नयाँ वर्ष अफर २०७६’ सार्वजनिक गरेको छ ।

अफरको रुपमा कम्पनीले २ सय रुपैयाँमा प्याक उपलब्ध गराउने छ । सो प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्क भित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने कम्पनीले जनाएको छ ।

प्याक २०७५ चैत ३० देखि २०७६ वैशाख २ (३ दिन) सम्म खरिद गर्न सकिने र एकपटक प्याक किनेपछि ५ दिनसम्म चल्ने बताइएको छ । १४१५ डायल गरेर प्याक किन्न सकिनेछ ।

कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यससम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ भने कम्पनीको वेबसाइट https://www.ntc.net.np/ मार्फत यस सम्बन्धी विस्तृत जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us