कराेडौं नतिरी नेपालबाट हिँड्याे जेट एयरवेज

काठमाण्डु टुडे २०७५ चैत २९ गते १३:०९ मा प्रकाशित

काठमाण्डु, २९ चैत । भारतको सबैभन्दा पुरानो निजी विमान कम्पनी जेट एयरवेज आर्थिक संकटका कारण अन्तराष्ट्रिय उडान बन्द गरेको छ । एयरवेजले काठमाण्डु उडान पनि बन्द गरेको छ ।

एयरवेजले आजबाट काठमाण्डु उडान बन्द गराएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

आर्थिक रुपमा टाट पल्टिएको एयरवेजले लगातार अन्तरािष्ट्रय उडानहरु कटौती गर्दै आएको छ । महाप्रवन्धक क्षेत्रीले एयरवेजसँग बाँकी रहेकाे रकम उठाउन पहल थालिने बताए ।

वायुसेवाले सन् २०१८ मा मात्रै ४ लाख ५० हजार ९४९ यात्रुलाई सेवा दिएर नेपालबाट अन्तर्राष्ट्रिय उडानका यात्रुलाई सेवा दिनेको दोस्रो सूचीमा रहेको छ ।

यसले ३१ सय ३८ उडानमार्फत काठमाण्डुमा २ लाख २४ हजार ४९५ यात्रुलाई अवतरण गराएको छ भने काठमाण्डुबाट २ लाख २६ हजार ४५४ यात्रुालाई बाहिर पठाएको छ ।

एयरवेजले विमानस्थलालाई उडान तथा अवतरण वापत करिब छ करोड भन्दा बढी शुल्क बुझाउन बाँकी रहेको बताइएको छ । यति ठूलो रकम नतिरी हिँडेकाे एयरवेज नेपाल फर्किने नफर्किने टुंगो लागेकाे छैन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us