साराविरुद्ध प्रहरीमा उजुरी !

काठमाण्डु टुडे २०७५ चैत २९ गते १०:३४ मा प्रकाशित

एजेन्सी । नायिका साराअली खान अहिले चर्चामा छिन् । सारा अभिनित चलचित्र ‘केदारनाथ र सिम्बा’ले बक्स अफिसमा राम्रो कमाई गरेपछि उनको चर्चा पनि चुलिएको हो ।

उनी हाल चलचित्र ‘लभ आज कल’को छायांकनमा व्यस्त छिन् । उनै साराको केही दिन अगाडि बाइक पछाडि बसेको एउटा भिडियो भाइरल भएको थियो ।

भिडियोमा बाइक पछाडि बसेकी साराले हेलमेट लगाएकी थिइनन् । दिल्लीको सडकमा पछाडि बस्दा हेलमेट नलगाएपछि उनी विरुद्ध उजुरी परेको छ ।

दिल्ली प्रहरीले यो बिषयमा अनुसन्धान गरिरहेको बताएको छ । नायक कात्तिक आर्यनले चलाएको बाइकमा सारा बसेकी थिइन् ।

सारा बाइक पछाडि हेलमेट नलगाई बस्दा ट्रोल समेत भएको थियो । साराले यो बिषयमा कुनै पनि प्रतिक्रिया दिएकी छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us