सुनको भाउ बढ्यो

काठमाण्डु टुडे २०७५ चैत २८ गते १३:०९ मा प्रकाशित

काठमाण्डु, २८ चैत – नेपाली बजारमा बिहीबार छापावाल सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ ।

बुधबार तोलामा ६० हजार १०० मा कारोबार भएको सुनको भाउ आज एक सय बढेर तोलामा ६० हजार २०० पुगेको हो ।

यस्तै आज तेजावी सुन ५९ हजार ९०० मा कारोबार भइरहेको छ। यस्तै चाँदी आज तोलामा ७३० रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us