सलमान खानको ‘बिइङ्ग ह्युमन’ कालोसूचीमा

काठमाण्डु टुडे २०७५ चैत २७ गते १५:०१ मा प्रकाशित

एजेन्सी – सामाजिक सेवाका लागि बलिउड अभिनेता सलमान खानले सञ्चालन गरेको गैरसरकारी संस्था ‘बिइङ्ग ह्युमन’ कालोसूचीमा परेको छ । लाई मुम्बइ महानगरपालिकाले कालोसूचीमा राखेको छ ।

सम्झौता अनुसार महानगरले उपलब्ध गराएको ठाउँमा डाइलासिस केन्द्र स्थापना नगरेपछि उनको संस्थालाई मुम्बइ महानगरपालिकाले कालोसूचीमा राखेको हो । सन् २०१६मा मुम्बइ महानगरपालिका र ‘बिइङ्ग ह्युमन’बीच मुम्बइमा १२ वटा डाइलाइसीस केन्द्र स्थापना गर्ने परियोजनामा साझेदारीको सम्झौता भएको थियो ।

जसमा महानगरपालिकाले ठाउँ उपलब्ध गराउने र खानको संस्थाले कर्मचारी र आवश्यक सामग्री व्यवस्था गरी केन्द्र चलाउने उल्लेख थियो । तर, महानगरपालिकाले उपलब्ध गराएका सबै ठाउँमा डाइलाइसीस केन्द्र नचालाएपछि उक्त संस्था कालोसूचीमा परेको हो ।

‘बिइङ्ग ह्युमन’का प्रतिनिधिले भने महानगरपालिकासँग वार्ता भइरहेको जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us