फ्यानले तान्दा नवाजुद्दीन सिद्दकीको हात भाँच्चियो

काठमाण्डु टुडे २०७५ चैत २७ गते १४:४१ मा प्रकाशित

एजेन्सी – बलिउडका अभिनेता नवाजुद्दीन सिद्दकीको प्रशंसकका कारण हात भाँच्चिएको खबर सार्वजनिक भएको छ । एक कार्यक्रमका लागि हालै कानपुर पुगेका उनलाई प्रशंसकले जोडदार तरिकाले स्वागत गरे जसले उनलाई समस्या पारेको छ ।

नवाजुद्दीन सिद्दकीको एउटा भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ । भिडियो कानपुर शहरको कुनै कार्यक्रमको बताइएको छ । रिपोर्टका अनुसार नवाजुद्दीन कानपुरमा आयोजित कार्यक्रम समाप्त भएपछि बाहिर निस्कने बित्तिकै प्रशंसकले उनलाई घेरे । त्यतिबेला एक प्रशंसकले सेल्फी लिने चक्करमा नवाजुद्दीनको गला समातेर उनलाई आफूतर्फ तान्ने कोसिस गर्न थाले ।

नायकलाई प्रशंसकले तानेपछि त्यहाँका सुरक्षाकर्मी सतर्क भए । यद्यपि, यो तानातानमा नवाजुद्दीनको हात भाँच्चियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us