सोफियाको नग्न तस्वीरः ‘बलात्कारको कारण तपाईं नै हो’

काठमाण्डु टुडे २०७५ चैत २७ गते १४:०४ मा प्रकाशित

एजेन्सी – कन्ट्रोभर्सी क्विन सोफिया हयात एकपटक पुनः चर्चामा छिन् । नन बनेपछि विवाह त्यसपछि सम्बन्धविच्छेद र अब नग्न फोटोसुटको चक्करमा उनी चर्चामा छाइरहन्छिन् ।

सोफियाले आफ्नो इन्स्टाग्राम अकाउन्टमा एउटा तस्बिर सेयर गरेकी थिइन् । यो तस्बिर सेयर गर्दै उनले लेखिन्, ‘भगवान् लज्जाभन्दा माथि छन् । यदि ‘डिभाइन मदर’ खुल्ला रुपमा तपाईं अघिल्तिर आउनुभयो भने के तपाईं उहाँलाई लाज लागेन भनेर सोध्नुहुन्छ ? या सायद तपाईंले आफैं सोध्नुपर्छ कि तपाईंको दिमागमा लाज किन छ ?’

अब सोफियाले ईश्वरको कुरा गरेर तस्बिर सेयर गरिन् । तर इन्स्टाग्राम प्रयोगकर्तालाई यो तस्बिर अश्लिल लाग्यो । त्यसपछि तस्बिरमा विभिन्न प्रकारको कमेन्ट आउन थाल्यो । कतिले त उनको तस्बिरलाई बलात्कारको कारण नै बताए ।

कुरबान नामका एक प्रयोगकर्ताले लेखे, ‘भारतमा बढ्दो बलात्कारको घटनाको वास्तविक कारण तपाईं नै हो । यदि देशमा नग्नतालाई बढाउने महिलाविरुद्ध कदम उठाइयो भने बलात्कारको घटना समाप्त हुन्छ ।’

https://www.instagram.com/p/Bv3kGmyn42w/

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us