वरूण धावनलाई फ्यानको धम्कीः ‘म नताशालाई मार्दिन्छु’

काठमाण्डु टुडे २०७५ चैत २७ गते १२:२२ मा प्रकाशित

एजेन्सी – बलिउडका अभिनेता वरूण धावनलाई एक फ्यानले उनकी प्रेमीका नताशा दलालको हत्या गर्ने धम्की दिएकी छन् ।

भारतीय संचारमाध्यमका अनुसार वरूणलाई भेट्न उनको घर पुगेकी महिला फ्यानले बरुणलाई भेट्न नपाएपछि अभद्र व्यवहार देखाउँदै ‘म नताशालाई मार्दिन्छु’ भनेकी थिइन् ।

यस्तो धम्की आएपछि आफ्नो स्टारडमको मूल्य आफ्ना नजिकका मान्छेले चुकाउन नहुने वरूणले बताएका छन् । सो घटनामा युवतीले वरूणको घर अगाडीबाट जान अस्वीकार गरेपछि स्थानियले पुलिसलाई सोखबर गरेका थिए ।

‘पुलिसले केस हेरिरहेको छ, त्यसैले यसबारेमा म केहि बोल्दिन । मेरो विचारमा यो गलत कुरा हो । मेरो सेलिब्रेटी पहिचानको मूल्य मेरा नजिकका मान्छेले चुकाउनु हुँदैन्’, वरूणले भने ।

‘म उनीहरूका लागि सँधै समय निकाल्ने गर्छु । उनीहरूले जति माया मलाई गर्छन्, म उनीहरूलाई उतिनै माया गर्छु तर यसका कारण कुनै नराम्रो घटनाको अपेक्षा गर्न सकिन्न’, वरूणले अगाडी भने । उनले आफुले फ्यानहरूलाई सकेसम्मको समय उपलब्ध गराउँदै भेट्ने गरेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us