मारुती सुजुकी वागनर नेपालमा, मूल्य कति ?

काठमाण्डु टुडे २०७५ चैत २६ गते १७:४५ मा प्रकाशित

काठमण्डु, २६ चैत्र – मारुती सुजुकीको वागनर कार नेपालमा सार्वजनिक भएको छ ।

कम्पनीको नेपालको लागि आधिकारिक बिक्रेता सीजी मोटोकर्पले उक्त गाडी नेपालमा सार्वजनिक गरेको हो । उक्त गाडी भारतपछि नेपालमा सार्वजनिक भएको हो । यद्यपि यसको बिक्रीवितरण भने २८ गतेदेखि सुरु हुने कम्पनीले जनाएको छ । वागनरलाई कम्पनीले निकै आकर्षक बनाएको छ ।

यसमा इन्फोटेनमेन्ट सिस्टम नयाँ फिचर छ भने इन्टेरियर र एक्सटेरियर निकै आकर्षक छ । १ लिटर पेट्रोल इन्जिनयुक्त यो गाडीले ६७ हर्सपावर र ९० एनएम टर्क जेनेरेट गर्छ । पुराना डिजाइनको तुलनामा यो गाडीको केही उचाइ बढी छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us