सेयर बजारमा १६ लाख कित्ता सेयर थपियो

काठमाण्डु टुडे २०७५ चैत २६ गते १४:५० मा प्रकाशित

काठमाण्डु, २६ चैत्र – नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार सेयर बजारमा तीन कम्पनीको १६ लाख ३ हजार २७९ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार आरएसडीसी लघुवित्त वित्तीय संस्था, रिडी हाइड्रोपावर कम्पनी र आरएमडीसी लघुवित्त वित्तीय संस्थको बोनस सेयर सूचीकृत भएको हो ।

आरएसडीसीको ५ लाख ७५ हजार ९२० कित्ता रिडी हाइड्रोपावर कम्पनीको ३ लाख ६३३ कित्ता र आरएमडीसी लघुवित्तल वित्तीय संस्थाको ७ लाख २६ हजार ७२६ कित्ता बोनस सेयर सूचीकरण भएको नेप्सेले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us