सुनको भाउ बढ्यो

काठमाण्डु टुडे २०७५ चैत २६ गते १२:२२ मा प्रकाशित

काठमाण्डु, २६ चैत्र – मंगलबार सुनको भाउ रु ३०० बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ मंगलबार तोलामा ६० हजार ३०० मा कारोबार भइरहेको हो ।

सोमबार सुन तोलामा ६० हजारमा कारोबार भएको थियो । यस्तै तेजावी सुन ६० हजारमा कारोबार हुँदा चाँदी तोलामा रु ७४० मा कारोबार भइरहेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us