‘जब–जब म सुट सुरु गर्थें, जीवनका अँध्यारा दिनहरूको याद आउँथ्यो’– सन्नी लियोनी

काठमाण्डु टुडे २०७५ चैत २६ गते ११:२० मा प्रकाशित

एजेन्सी – अभिनेत्री एवम् पूर्वपोर्नस्टार सन्नी लियोनीले वेब सिरिज ‘करणजित कौर– द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’को अन्तिम सिजनका लागि तयारी गरिसकेकी छिन् ।

उनले आफ्नो अनुभव साट्दै बताएकी छिन् कि सिरिजका अरू भागमा उनको आँखाबाट आँसु खसेको थियो । एउटा संयोग के हो भने यो सिरिज सन्नीको आफ्नै जीवनमा आधारित छ र उनले पोर्न फिल्ममा काम गरेको गतिविधिलाई पनि सिरिजमा प्रस्तुत गरिएको छ ।

सन्नीले बताएकी छिन्, ‘जब–जब म सुट सुरु गर्थें, जीवनका अँध्यारा दिनहरूको याद आउँथ्यो ।’ उनले आफ्नो त्यो जीवन त्यति सहज नभएको उल्लेख गर्दै फेरि ती दिन दोहोर्‍याउन नचाहने बताएकी छिन् । ‘म मान्छेका लागि अर्कै कुरा हुन्थेँ,’ उनले भनेकी छिन्, ‘जब मेरो पिता क्यान्सरसँग जुधिरहेका थिए, त्यही समयमा मैले विवाह गरेँ ।’

उनले आफ्नो जीवनमा सबै कुरा एकदम चाँडो परिवर्तन भएको सुनाउँदै विगतलाई दोस्रोपटक स्मरण गर्न पनि नचाहने जिकिर गरेकी छिन् । रियालिटी सो बिग बोसबाट भारतमा बसाइँ सरेकी उनले जिस्म–२ फिल्मबाट बलिउडमा डेब्यु गरेकी हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us