एजेन्सी – बलिउडका चर्चित महानायक अमिताभ बच्चनले आफ्नो छोरा अभिषेक बच्चनलाई ‘सबैभन्दा प्यारो साथी’ भनेका छन् ।
आइतबार सामाजिक सञ्जाल ट्विटरमा प्रेमले भरिएको एक तस्बिर सार्वजनिक गर्दै उनले उक्त कुरा बताएका हुन् ।
उनले लेखेका छन्, ‘जब ऊ केबल तपाईंको जुत्तामात्र लगाउँदैन एकै आकारको कुर्सीमा पनि बस्छ भने ऊ तपाईंको केवल छोरा मात्र होइन तपाईंको प्यारो साथी पनि हुन्छ ।’
अमिताभको यो पोस्ट सामाजिक सञ्जालमा भाइरहल भइरहेको छ । यसअघि अभिषेकले पनि अमिताभ बुबामात्रै नभएर असल साथी पनि भएको प्रतिक्रिया दिएका थिए ।