काठमाण्डु, २५ चैत्र – सोमबार सुनको भाउ बढेको छ । सोमबार छापावाल सुनको भाउ तोलमा रु २ सय बढेर ६० हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि आइतबार सुन तोलमा ५९ हजार ८०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलमा ५९ हजार ७०० मा कारोबार भइरहेको छ । आज चाँदी तोलमा रु ७३० मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।