एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री सोनम कपुरले हालै एउटा तस्बिर इन्स्टाग्राममा सेयर गरिन् । यसमा सोनम पहेँलो रङको स्विमसुटमा देखिएकी छिन् । फोटो पोस्ट गर्दै उनले लेखेकी छन्, ‘यो समरको फ्ल्यासब्याक । मलाई भिन्टेज स्टाइल स्विमसुट निकै मनपर्छ । ’
सोनमको यो बोल्ड लुक पुरानो हो । उनी यो फोटो पुनः सेयर गरेर गर्मीलाई स्वागत गरिरहेकी छिन् । सोनमको यो हट लुक केही सोसल मिडिया प्रयोगकर्तालाई खासै मन परेन त्यसकारण उनको मजाक उडाइरहेका छन् ।
एकतर्फ यो फोटोमा निकै सुन्दर भन्दै कमेन्ट पनि आइरहेका छन् भने कतिले सोनमको लुक अत्यधिक फोटोसप गरिएको आरोप लगाए । एक प्रयोगकर्ताले फोटोमा अत्यधिक फोटोसप गरिएको भन्दै अनुहार र गर्धन पनि फोटोसप गरिएको झैं देखिने बताए । यसबाहेक प्रयोगकर्ताहरुले सोनमको यो फोटो दीपिका पादुकोणको जस्तो देखिने बताएका छन् ।