एजेन्सी । अक्षय कुमार अभिनित पछिल्लो सिनेमा ‘केशरी’ले प्रदर्शनको १७ दिनमा करिब १४० करोड भारू कमाइ गरेको छ ।
सिनेमाले रिलिजको तेश्रो साताको पहिलो दिन १.६५ करोड भारू कमाइ गरेको थियो । त्यस्तै सिनेमाले शनिबार २.३२ करोड भारू कमायो ।
कमाइको यो रफ्तारले १५० करोड भारूको आँकडा सिनेमाले सजिलै छुने भारतीय संचारमाध्यमले जनाएका छन् । पहिलो साता १०५.८६ करोड भारू कमाएको सिनेमाले दोश्रो सातामा ३० करोडमाथिको कारोबार गरेको थियो ।
सिनेमालाई दर्शक र समिक्षक दुबैबाट तारिफ मिलिरहेको छ । सिनेमाले ‘वर्ड अफ माउथ’ पनि राम्रै पाएपछि कमाइको यो आँकडा पार गरेको हो । सिनेमा भारतसहित संसारभरका ४२०० स्क्रिनमा रिलिज भएको थियो ।
सिनेमाले साल २०१९ को सर्वाधिक ठूलो ओपनिङमा समेत गर्यो । सिनेमा स्वतन्त्र भारत अघिको ‘सारागढीको युद्धमा आधारित सिनेमा हो । सिनेमामा उनीसँगै परिणिति चोपडा प्रमूख भूमिकामा छिन् ।