‘मिनी मोडल वर्ल्ड’ को अवार्ड ५ वर्षकी प्रिन्सा खड्कालाई

काठमाण्डु टुडे २०७५ चैत २४ गते १४:३५ मा प्रकाशित

काठमाण्डु, २४ चैत्र – नेपाली बालिका प्रिन्सा खड्काले ‘स्टार्ट मिनी मोडल्स अफ द वल्र्ड २०१९’ को उपाधि जित्न सफल भएकी छिन् ।

इजिप्टमा हालै आयोजना भएको प्रतियोगितामा ५ वर्षीया प्रिन्साले विश्वभरबाट सहभागी ४४ प्रतियोगितालाई पछि पर्दै उपाधि जितकी हुन् । उनी प्रतियोगिताको सबैभन्दा कान्छी सहभागी थिइन् ।

उनले प्रतियोगितामा वेष्ट डान्सरको अवार्डसमेत हात परेकी छन् । टिभी स्टार्ट इन्टरनेशनल टिभी फेस्टिवलद्वारा आयोजित प्रतियोगिता गत मार्च २१ गते देखि २८ सम्म इजिप्टको हुर्घादा शहरस्थित ‘द क्यारेवियन वल्र्ड रिसोर्ट’ मा आयोजना भएको थियो ।

बालबाटिका इन्टरनेशनल स्कुलमा युकेजीमा अध्ययरनत प्रिन्साले यसअघि मर्निङ ग्लोरी इन्टरटेन्मेन्ट आयोजक रहेको ‘क्विक्स मिनी लिटिल च्याम्प २०१९’ को उपाधि विजेता हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us