सुनको भाउ बढ्यो

काठमाण्डु टुडे २०७५ चैत २४ गते ११:५४ मा प्रकाशित

काठमाण्डु, २४ चैत्र – आइतबार (चैत्र २४) सुनको मूल्य बढेको छ । अघिल्लो दिन (शुक्रबार)को तुलनामा तीन सय रुपैयाले बढेर आज प्रतितोला ५९ हजार ८ सय रुपैयाँ पुगेको छ ।

तेजावी सुन भने प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको मूल्य प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us