को हुन् मानुषी छिल्लर ? जसले गर्दै्छिन् रणवीरसँग रोमान्स !

काठमाण्डु टुडे २०७५ चैत २४ गते ११:४५ मा प्रकाशित

एजेन्सी – यशराज फिल्म्सको ब्यानरमा निमाण हुन लागेको चलचित्रमा रणवीर सिंहको जोडीका रुपमा मानुषी छिल्लर हुने भएकी छन् । तर फिल्मको नाम भने खुलाइएको छैन । खबरअनुसार उक्त फिल्म मनीष शर्माले निर्देशन गर्नेछन् । फिल्मका लागि रणवीरले साइन गरिसकेका छन् ।

रणवीर यस्ता भाग्यमानी अभिनेता हुन्, जसका अधिकांश फिल्म सुपरहिट भएका छन् । र, उनले निर्वाह गरेका चरित्र पनि उत्तिकै रुचाइएका छन् । दीपिका पादुकोणसँग घरजाम गरेका रणवीरले यसपाली मात्र ‘पद्यावत’, ‘सिम्बा’, ‘गल्ली ब्वाई’ जस्ता एक से एक फिल्म दिए । अब उनी अर्को ठूलो ब्यानर यशराज फिल्म्सले निर्माण गर्ने फिल्ममा व्यस्त हुनेछन् । अहिले भने उनी कबीर खानको फिल्ममा व्यस्त छन् ।

राणवीरको अपोजिटमा मानुषी छिल्लर

यो फिल्ममा रणवीरसँग मानुषी छिल्लारले अनस्क्रिन रोमान्स गर्ने भएकी छिन् । उनीहरुको केमेस्ट्री कति जम्ने छ त ? त्यो भने भविष्यले देखाउँछ । यतिबेला मानुषी फराह खानको फिल्मबाट बलिउड डेब्यु गर्ने तयारीमा छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us