अस्मितालाई जजले थर्काएपछि शृङ्खलाले दिइन् यस्तो जवाफ

काठमाण्डु टुडे २०७५ चैत २२ गते १७:३६ मा प्रकाशित

काठमाण्डु, २२ चैत – मिस नेपालमा सहभागी हुन बिना मेकअप पुगेकी ललितपुरकी अस्मिता महर्जनको भिडियो समाजिक सञ्जालमा भाइरल भएको छ । कार्यक्रमकी ‘जज’ रचना गुरुङ शर्माले उनलाई मेकअप बिना अडिसनमा आएर कार्यक्रमको अनादर गरेको भन्दै गाली गरेको भिडियोमा देख्न सकिन्छ ।

यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि मिस नेपाल २०१८ शृङ्खला खतिवडाले ट्वीटरमा आफ्नो बिना मेकअपको फोटो पोष्ट गरेकी छन् ।

उनको यो पोष्टले सुन्दर हुनलाई मेकअप गर्नै पर्छ भन्ने गुरुङको तर्कलाई बलियो जवाफ दिएको छ । शृङ्खलाले आफ्नो फोटोसँगै लेखेकी छन्, ‘नो मेक अप एण्ड स्टिल व्युटीफूल’ अर्थात् ‘मेकअप नगरे पनि सुन्दर ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us