सिल्क एयरले काठमाण्डु–सिंगापुर उडान भर्ने

काठमाण्डु टुडे २०७५ चैत २२ गते १६:१२ मा प्रकाशित

काठमाण्डु, २२ चैत – सिल्क एयरले नेपालबाट सिंगापुर सातै दिन उडान भर्ने घोषणा गरेको छ । शनिबारदेखि बोइङ ७३७ र ८०० विमानबाट नेपालबाट दैनिक उडान भर्ने सो कम्पनीले जनाएको छ ।

बिजनेस र इकोनोमी क्लास १ सय ५० सिटर विमानमा खाना र मनोरन्जनका साथ यात्रुहरुले मज्जा लिन सक्ने कम्पनीले जनाएको छ ।

सिंगापुरबाट विहान ९ बजे जहाज काठमाण्डुका लागि उड्ने छ भने काठमाण्डुमा सो विमान १२ बजेर ५ मिनेटमा ल्याण्ड गर्ने छ । त्यस्तै काठमाण्डुबाट १ बजेर ५ मिनेटमा सिंगापुरका लागि उडान भर्ने समय तय गरिएको छ ।

सिल्क एयरले सन २००७ देखि नेपालमा उडान भर्दै आइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us