एजेन्सी । ५३ वर्षीय अभिनेता मिलिन्द सोमनले केहि समय अगाडि २५ वर्ष कान्छी प्रेमिकासँग विहे गरेका थिए । आफूभन्दा २५ वर्ष कान्छी युवतीसँग बिहे गरेपछि सोमन सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा निकै भाइरल भए ।
बिहे भइसकेपछि यो जोडीले विभिन्न प्रकारका तस्बिरहरु सामाजिक सञ्जालमा सेयर गरिरहेका हुन्छन् ।
उनले भर्खरै श्रीमती अंकिता कोंवरसँग रोमान्स गरिरहेको तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका छन् । तस्बिरमा दुवै निकै बोल्ड देखिएका छन् । तस्बिरमा दुवैलाई पानीमा देख्न सकिन्छ ।
मिलिन्दले बितेका दिनमा आफ्नो पत्नीसँग उमेरको भिन्नताबारे यसो भने, ‘मैले उमेरको अंतरलाई महत्त्व दिँदैन । दुई व्यक्ति सधैँ भिन्न छन्, चाहे उमेर, पृष्ठभूमि वा संस्कृति हो, त्यसैले मलाई उमेरसंग कुनै समस्या छैन् ।’



