एजेन्सी । बलिउड अभिनेता रणबिर कपूर र आलिया भट्टले गोप्य तरिकाले इन्गेजमेन्ट गरेको खुलासा भएको छ । उनीहरुले स्वीट्जरल्याण्डमा इन्गेजमेन्ट गरेको बताइएको छ ।
आलिया र रणबिरले आफ्ना नजिकका साथीहरुलाई इन्गेजमेन्ट पछि भव्य पार्टी पनि आयोजना गरेको पनि चर्चा रहेको छ ।
यस विषयमा आलिया र रणबिर वा उनीहरुका परिवारको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । तर रणबिरका बुवा ऋषि कपूर छिट्टै नै स्वास्थ्य उपचार पूरा गरेर अमेरिकाबाट भारत फर्कने तयारीमा छन् । ऋषि कपूर भारत फर्किएपछि आलिया र रणबिरको विवाह हुने चर्चा पनि रहेको छ ।
आलिया र रणबिर पनि एकअर्काको प्रेममा रहेको कुरा सार्वजनिक रुपमै ब्यक्त गरिरहेका छन् । पछिल्लो समयमा कसैको प्रवाह नगरी सार्वजनिक रुपमै एकअर्कासँग हातमा हात राख्दै कार्यक्रममा उपस्थित हुनेदेखि लिएर स्टेजमा रोमान्टिक डान्स गर्दै रणबिर र आलियाले आफ्नो प्रेम दुनियाको अगाडि दर्शाइरहेका छन् । यस कुराबाट पनि अब उनीहरु छिट्टै नै विवाहको तयारीमा रहेको चर्चा भइरहेको छ ।