काठमाण्डु,२१ चैत्र – काठमाण्डु उपत्यकामा साझा यातायातले २० वटा नयाँ सिटी बस थपेको छ । केही महिना पहिले बस खरिदका लागि भएको ठेक्का सम्झौता बमोजिम छिमेकी भारतबाट ती बसल्याइएको हो ।
काठमाण्डु महानगरपालिका र ललितपुर महानगरपालिकाले संस्थाको सेयर खरिद गरेबापत प्राप्त रकमबाट नयाँ बस खरिद गरिएकोे साझाका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताए । उनले भने, ‘अहिले ती नयाँ बस रक्सौलमा आइपुगेको छ । भन्सार प्रक्रिया पूरा गरेर अब केही समयभित्रै काठमाण्डु आइपुग्नेछ ।’
बस काठमाण्डु आइपुगेपछि उपत्यकामा माग भएका ठाउँ र आवश्यकता हेरेर सरकारसँग रुट माग गरिने उनले जानकारी दिए । काठमाण्डु महानगरपालिकाले पाँच करोड र ललितपुर महानगरपालिकाले एक करोड सेयर खरिद गरेका छन् ।