सलमान र रणवीरको दुस्मनीलाई के आलियाले दोस्तीमा बदल्लिन त ?

काठमाण्डु टुडे २०७५ चैत २१ गते १४:३७ मा प्रकाशित

एजेन्सी – बलिउडका चर्चित नायक रणवीर कपुरको बलिउड प्रवेश अगावै उनी र नायक सलमान खानबीच विवाद भएको थियो । बलिउडको एक कार्यक्रममा पुगेका सलमान र रणवीरबीच ठुलो चर्काचर्की हुँदा सलमानले रणवीरको गालामा थप्पड हानेका थिए ।

पछि उक्त कुरा सलमानका पिता सलिम खानले पत्तो पाए । सलमान पिता सलिम र रणवीर पिता ऋषि कपुर निकै मिल्ने साथि थिए । उक्त कुरा थाहा पाएपछि सलिमले सलमानलाई रणवीरसँग माफी माग्न लगाएका थिए ।

उनीहरुको द्वन्द्व त्यतीमात्र थिएन । नायिका कट्रिना कैफलाई लिएर पनि उनीहरु बीचमा लफडा भएको थियो । सलमान र कट्रिना प्रेममा रहेको हल्ला चल्दै गर्दा उनीहरुको बीचमा रणवीर आएका थिए । पछि रणवीर र कट्रिना प्रेममा नै परे । उक्त समय पनि सलमानले रणवीरलाई तल्लतो स्तरका शब्दहरु प्रयोग गरी मिडियामा बोलेका थिए ।

अहिले रणवीर नायिका आलिया भट्टको प्रेममा रमाइरहेका छन् । यस्तैमा आलियाले सलमान खानसँग चलचित्रमा काम गर्दै्छिन् । उनीहरुले संजयलीला भन्सालीको ‘इन्साअल्ला’मा काम गर्दैछन् ।

आफ्नो प्रेमिकाले आफ्नो दुश्मनसँग पर्दा सेयर गर्दै गर्दा रणवीरको मनमा के चलिरहेको होला भन्ने चर्चा पनि चलिरहेको छ । तर, सलमानसँग काम गर्दा आलियाले रणवीरको स्विकृती भने लिएकी होलिन् । यसअर्थमा आलियाले रणवीर र सलमानको द्वन्द्वलाई मिलाउछिन् कि भन्ने धेरैले अनुमान लगाएका छन् । के सलमान र रणवीरलाई मिलाउन आलिया सफल होलिन् ?

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us