जस्टिन बिबरले श्रीमती गर्भवती भएको भन्दै ‘अप्रिल फूल’ मनाउँदा…

काठमाण्डु टुडे २०७५ चैत २१ गते १२:५३ मा प्रकाशित

एजेन्सी – क्यानेडियन पप गायक जस्टिन बिबरले ‘अप्रिल फूल डे’ का दिन सामाजिक सञ्जालमा श्रीमती गर्भवती भएको झुटो खबर सार्वजनिक गरेका थिए ।

उनकोे त्यो झुठो खबर सोसलािडियामा सार्वजनिक भएसँगै यतिबेला उनी ट्रोलको शिकार बनेका छन् । जस्टिनले अप्रिल १ मा आफ्नो इन्स्टाग्राम एकाउन्टमार्फत अल्ट्रासाउण्डको एक तस्बिर शेयर गरेका थिए । त्यो तस्बिर सार्वजनिक भएपछि जस्टिनकी श्रीमती गर्भवती रहेको अनुमान लगाइएको थियो ।

त्यसपछि जस्टिनले त्यस मजाकलाई अझै अगाडि बढाउँदै श्रीमती हेली बाल्डविनले पेटमा हात राखेको तस्बिरहरु पोष्ट गरे । तस्बिरमा हेलीका साथमा २ जना चिकित्सकहरु पनि उभिएका छन् । तस्बिर हेर्दा लाग्छ कि हेली बाल्डविन गर्भवती छिन् । तस्बिरको क्याप्सनमा बिबरले लेखेका छन् ‘यदि तपाईं यो अप्रिल फूल हो भन्ने सोचिरहनु भएको छ भने !’

तर जस्टिनको यस्तो मजाक अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले भने रुचाएनन् । उनीहरुले गर्भावस्था मजाकको विषय नभएको बताएका छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले बिबरलाई गर्भधारण गर्न नसकेका तथा बच्चा गुमाएका दम्पतिहरुप्रति असंवेदनशिल भएको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा झुठो गर्भावस्थाको खबर र अप्रिल फुल डे मनाउन बन्द गर्नुपर्ने भन्दै बिबरलाई ट्रोल गरिरहेका छन् ।

त्यसपछि जस्टिनले आफूले अप्रिल फूल डे मा व्यक्तिहरुलाई मुर्ख बनाउन खोजे पनि गर्भावस्थाको मजाक उडाउन नखोजेको बताएका छन् । साथै आफूले निःसन्तान दम्पतीहरुको भावनामा ठेस पुर्‍याउने मनसाय नरहेको पनि बताएका छन् ।

जस्टिनले यस्तो किसिमको मजाकले चित्त दुखाएका सम्पूर्ण व्यक्तिहरुसँग माफी पनि मागेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us