सुनको भाउ घट्यो

काठमाण्डु टुडे २०७५ चैत २१ गते १२:१८ मा प्रकाशित

काठमाण्डु, २१ चैत्र – बिहीबार सुनको भाउ एक सय रुपैयाँले घटेको छ । छापावाल सुनको भाउ प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार बिहीबार तेजावी सुन भने प्रतितोला ५९ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us