काठमाण्डु, २१चैत्र – बिहीबारका लागि नेपाल राष्ट्र बैंकले ताृेकेको विदेशी मुद्राको विनिमय दर अनुसार एक अमेरिकी डलरको खरिददर १०९ रुपैयाँ १८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७८ पैसा रहेको छ ।
यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ११ पैसा र बिक्रीदर २९ रुपैयाँ २७ पैसा छ । आज कतारी रियाल १ को खरिददर २९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३० रुपैयाँ १५ पैसा तोकिएको छ ।
यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ७२ पैसा र बिक्रीदर २९ रुपैयाँ ८९ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ७७ पैसा र बिक्रीदर २६ रुपैयाँ ९१ पैसा छ ।
यस्तै बिहीबार कुवेती दिनार १ को खरिददर ३५८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६० रुपैयाँ ५८ पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर २८९ रुपैयाँ ६० पैसा र बिक्रीदर २९१ रुपैयाँ १९ पैसा छ ।
यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा रहेको छ । राष्ट्र बैंकको तुलनामा बाणिज्य बैंकहरुले भने केही पैसा तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।