राजकुमार ह्यारी र मेगनकाे ‘इन्स्टाग्राम’ले तोड्याे गिनिज बुक अफ वर्ल्ड रेकर्ड

काठमाण्डु टुडे २०७५ चैत २१ गते १०:५३ मा प्रकाशित

एजेन्सी – संयुक्त अधिराज्यका राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मर्कलको इन्स्टाग्राम अकाउन्टले गिनिज बुक अफ वर्ल्ड रेकर्ड तोडेको छ ।

गिनिज बुक अफ वर्ल्ड रेकर्डका अनुसार यो जोडीको मंगलबार सार्वजनिक गरिएको आधिकारिक अकाउन्टले पाँच घण्टा ४५ मिनेटभित्र एक मिलियन अर्थात् १० लाख फलोअर संकलित गरेको छ ।

यसअघि कोरियाली पप स्टार काङ्ग ड्यानियलले गत जनवरीमा इन्स्टाग्राम अकाउन्ट खोलेको ११ घण्टा ३६ मिनेटभित्र एक मिलियन फलोअर प्राप्त गरेका थिए ।

(ससेक्सरोयल) नाम दिइएको उक्त आधिकारिक अकाउन्टलाई महत्वपूर्ण घोषणाका लागि प्रयोग गरिने बताइएको छ । काङ्ग ड्यानियलले नयाँ वर्षको उपलक्ष्यमा खोलेको इन्स्टाग्राम अकाउन्टले पोप फ्रान्सिसले कायम गरेको रेकर्ड तोडेको थियो ।सन् २०१६ मा बनाइएको उनको अकाउन्टलाई १२ घण्टाभित्र एक मिलियन प्रयोगकर्ताले फलो गरेका थिए ।

यस्तै डेभिड बेकह्यामले सन् २०१५ मा अकाउन्ट बनाएको २५ घण्टाभित्र एक मिलियन प्रयोगकर्ताले फलो गरेका थिए ।

https://twitter.com/GWR/status/1113522908985425920

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us