काठमाण्डु, २० चैत्र – वरिष्ठ भजन गायक शिरोमणि भक्तराज आचार्य र जनवादी गायक जेबी टुहुरे ‘रेडियो नेपाल राष्ट्रिय स्रष्टा सम्मान’ पुरस्कारबाट सम्मानित भएका छन् ।
बुधबार रेडियो नेपालको ६९ औं वार्षिकोत्सवका अवसरमा गायकद्वयलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ५० हजार नगदसहित सम्मान प्रदान गरे ।
कार्यक्रममा मन्त्री बास्कोटाले रेडियो नेपाललाई एक वर्ष भित्र सार्वजनिक प्रशारण संस्थाको रुपमा रुपान्तरण गर्ने घोषणा गर्नुका साथै रेडियो नेपालले स्थानीय भाषाको समाचार स्थानीय तहबाटै प्रशारण गर्ने व्यवस्था गर्नुपर्ने पनि बताए ।
मन्त्री बास्कोटाले रेडियो नेपालको जमिनलगायतको सम्पत्तिहरुको सदुपयोग गरेर अघि बढ्ने योजना पनि अघि सारेका छन् ।