शेर्पा मलमा ‘नयाँ बर्ष’लाई स्वागत गर्दै गायक यम बराल

काठमाण्डु टुडे २०७५ चैत २० गते १४:२३ मा प्रकाशित

काठमाण्डु, २० चैत्र – चर्चित गायक यम बरालले आगामी चैत्र ३० गते शनिबार साझँ हेडलाइन लाउन्ज एण्ड क्याफेमा २०७५ लाई बिदाई गर्दै नँया बर्ष २०७६ लाई स्वागत गर्ने भएका छन् ।

दरबारमार्ग्स्थित शेर्पा मलको हेडलाइन लाउन्जले नेपालीहरुको नयाँ बर्ष २०७६ को अवसरमा डिजे पार्टी, कन्सर्ट र सेलीब्रेटी होस्टिङको आयोजना गरेको छ ।

चर्चित गायक बरालले दर्शकको मन जित्न सफल भएको लोकप्रिय गीत गाउँदै मनोरञ्जन दिनेछन् । कन्सर्टमा चर्चित गाएक बरालसहित, पप गायक राजेश राई र दोस्रो नेपाल आइडल टप टेन जश्मि लिम्बु, गायक विनय केसीले आफ्नो प्रस्तुति दिनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us