एजेन्सी – भारतीय क्रिकेटर विराट कोहली र चचित नायिका अनुष्का शर्माले सन् २०१७ मा डिसेम्बर ११ मा इटालीमा एक गोप्य विवाह गरेका थिए ।
अंग्रेजी वेबसाइट डिएनएका अनुसार अनुष्का शर्मा गर्भवती छिन् र लामो समयदेखि यो कुरा लुकाइरहेकी छिन् । एक भारतीय मिडियाको दाबी अनुसार यो जोडी अर्को महिना ‘बेबीसावर’को तयारीमा छन् ।
अनुष्का र विराट धेरैजसो सँगै देखिन्छन् किनभने उनीहरु लामो समयसम्म एक अर्काबाट टाढा बस्न चाहँदैनन् । अहिले विराट कोहली बैंगलोरको टिमसँग आइपीएलमा खेलिरहेका छन् । अनुष्काले हालै एक म्यागजिन फोटोसुटको तस्बिर पोष्ट गरेकी छिन् तर त्यो पनि पुरानो बताइएको छ ।
विराट कोहली र अनुष्का शर्माको विवाह भएको लगभग दुई वर्ष भइसकेको छ । अनुष्काले आफू बच्चा भइसकेपछि पनि फिल्मलाई निरन्तरता दिने स्पष्ट पारिसकेकी छिन् ।