सुनचाँदीको मूल्य घट्यो

काठमाण्डु टुडे २०७५ चैत १९ गते १२:३९ मा प्रकाशित

काठमाण्डु, १९ चैत्र – मंगलबार (आज) सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलामा २ सय रुपैयाँ घटेर तोलाको ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गएको शुक्रबारदेखि नै तोलाको ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ घटेको हो । यस्तै, चाँदी पनि मंगलबार तोलामा ५ रुपैयाँ घटेर ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us