हावाहुरी पीडितलाई धुर्मुस र रवी लामिछानेले बाँडे राहत

काठमाण्डु टुडे २०७५ चैत १९ गते १२:२१ मा प्रकाशित

काठमाण्डु, १९ चैत – हावाहुरीबाट पीडित भएका बारा पुरैनियाका स्थानीयलाई कलाकार सीताराम कट्टेल धुर्मुस र सञ्चारकर्मी रवि लामिछानेले राहत वितरण गरेका छन् ।

हुरीले बढी प्रभावित पुर्‍याएको फेटा गाउँपालिका–६ को पुरैनिया पुगेर कलाकार धुर्मुसले राहत वितरण गरेका हुन् । सोमबार दिउँसो बारा आएका धुर्मुसले ४ सय थान त्रिपाल, ९ क्विन्टल चामल र ४ सय कार्टुन चाउचाउ पुरैनियाका वडाअध्यक्ष जाकिर हुसेनलाई हस्तारन्तरण गरे ।

कलाकार धुर्मुसले प्राकृतिक विपतिबाट भएको यस्तो क्षतिमा थोरै भएपनि सहयोग गर्न सकिन्छ कि भनेर राहत लिएर बारा आएको बताए । उनले प्रभावित क्षेत्रमा आएर पीडितको अवस्था हेर्दा अत्यन्तै दुःख लोको प्रतिक्रिया दिए ।

यसैगरी सञ्चारकर्मी रविले पनि पुरैनिया क्षेत्रमा राहत वितरण गरेका छन् । घटनाबाट ठूलो जनधनको क्षति भएको र थुप्रै स्थानीयको घर उजाडिएपछि राहत लिएर बारा आएको रविले बताए । उनले सोमबार साँझ पुरैनिया क्षेत्रमा राहत वितरण गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us