प्रियंका र निकको डिभोर्सबारे आमा मधुले मुख खोलिन्

काठमाण्डु टुडे २०७५ चैत १८ गते १६:०७ मा प्रकाशित

एजेन्सी – बलिउडकी चर्चित नायिका प्रियंका चोपडा र निक जोनसको सम्बन्धविच्छेद हुन लागेको खबर बाहिरिएसँगै प्रियंकाकी आमा मधु चोपडा भने चुप बसेकी छन् ।

यसबारे जब प्रियंकाकी आमा मधु चोपडासँग प्रश्न गरियो तब उनले यसबारे कुरा गर्ने अहिले सही समय नभएको बताएकी छिन् । भारतीय मिडियाले यसबारे उनलाई मेसेज पठाएर पनि प्रश्न गरेको तर मिडियाको प्रश्नको कुनै पनि जवाफ नदिएको सञ्चारमाध्यमले जानकारी दिएका छन् ।

प्रियंकाका जुन आफन्तले चार महिना अघि प्रियंकाको विवाहको कुरा सबैभन्दा पहिले पुष्टि गरेका थिए उनीहरु पनि यो मामलामा पूर्ण रुपमा चुप बसेका छन् ।

प्रियंकाको काम सम्हाल्ने समूह पनि यसबारे केही पनि बोल्न हिच्किचाइरहेका छन् । यस्तोमा जानकार अर्कै अर्थ निकालिरहेका छन् । धेरै मिडियाले प्रियंका र निकबीचको सम्बन्ध ठिक नभएको बताइरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us