र्यापर निप्से हुसेल्सको गोली हानी हत्या

काठमाण्डु टुडे २०७५ चैत १८ गते १२:५३ मा प्रकाशित

एजेन्सी – अमेरिकाको लस एन्जेल्समा र्यापर निप्से हुसेल्सको गोली हानी हत्या भएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार उनको क्लोथिङ्ग सप बाहिर गोली हानेर हत्या भएको हो । ३३ वर्षिय उनलाई पटक पटक गोली प्रहार भएको र अस्पताल लाने क्रममा बाटौमै मृत्यु भएको हो ।

अन्य दुई जना ब्यक्ति पनि सो घटनामा घाइते भएका छन् । लस एञ्जेल्सको प्रहरी विभागले अहिले शंकास्पद व्यक्तिको बारेमा जानकारी भइनसकेको र थाहा भएपछि उपलब्ध गराइने जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us