राहत सामाग्री बोकेर धुर्मुस पुगे हावाहुरी प्रभावित क्षेत्र बारा

काठमाण्डु टुडे २०७५ चैत १८ गते १२:२१ मा प्रकाशित

काठमाण्डु,१८ चैत्र – कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) हावाहुरी प्रभावित क्षेत्र बारा पुगेका छन् ।

धुर्मुस–सुन्तली फाउण्डेसनको तर्फबाट राहत सामाग्री लिएर उनी बारा पुगेका हुन् । उनले फाउन्डेसनको तर्फबाट हावाहुरी प्रभावित क्षेत्रमा त्रिपाल, कम्बल, खाद्यान्नलगायतका सामाग्री लगेको बताए ।

धुर्मुसले हावाहुरीको घटनाले आफूलाई बेचैन बनाएको बताउँदै सहयोग गर्न सबैलाई आग्रह गरेका छन् । आइतवार साँझ आएको हावाहुरीले बारा र पर्सामा २७ जनाले मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us