निर्मात्री प्रज्ञा जोशी पक्राउ

काठमाण्डु टुडे २०७५ चैत १८ गते १२:०३ मा प्रकाशित

काठमाण्डु, १८ चैत –  निर्मात्री प्रज्ञा जोशीलाई प्रहरीले पक्राउ गरेको छ । चेक बाउन्सको केशमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

इटहरी प्रहरीले पक्राउ गरेर प्रज्ञालाई काठमाण्डु पाठाएको छ । अहिले प्रज्ञालाई काठमाण्डु ल्याउँदै गरेको प्रहरीले बताएको छ ।

 एक जग्गाको कारोबारमा उनले ५० लाखको चेक दिएकी थिइन् । तर, चेक बाउन्स भएपछि उनीविरुद्ध उजुरी परेको हो ।

प्रज्ञाले ‘न बिर्से तिमीलाई न पाए तिमीलाई, सपुत, नोटबुक’ लगायतका चलचित्र निर्माण गरेकी छिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us