एजेन्सी – हलिउड स्टार निकोलस केजले बिवाह गरेको चार दिनमै डिभोर्स गरेका छन ।
निकोलस केजले केही दिन पहिले मात्र मेकअप आर्टिस्ट एरिका कोइकसँग विवाह गरेका थिए । सामाजिक सञ्जालमा निकोलसका फ्यानले किन यस्तो भयो भन्ने प्रश्न गरिरहेका छन् । तर, निकोलस मौन छन् । यति चाँडो विवाह तोडेको समाचार आए पनि निकोलस र एरिका दुवैले कुनै प्रतिक्रिया दिएका छैनन् ।
पश्चिमी मिडियाहरूका अनुसार दुवैले गत शनिबार विवाह दर्ताका लागि निवेदन पेस गरेका थिए र त्यही दिन दर्ता पनि भएको थियो । ५५ वर्षीय निकोलसले गत बुधबार नै सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा दिएका थिए ।