काठमाण्डु, १६ चैत्र – शुक्रबारदेखि काठमाण्डुमा जारी लगानी सम्मेलनमा ७७ वटा परियोजना पेश गरिएकोमा विभिन्न १३ परियोजनामा लगानीकर्ताले इच्छा देखाएका छन् ।
सम्मेलनको दोस्रो दिनसम्म १३ वटा परियोजनामा लगानीकर्ताले ‘आयोजना बुक’ गरेको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० महाप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार उर्जा, उद्योग, पर्यटन, उत्पादन क्षेत्रका विभिन्न १३ परियोजनामा लगानीको प्रस्ताव आएको छ ।
सरकारले लगानी सम्मेलनमा ७७ वटा परियोजना प्रस्ताव गरेको छ । यसमा ५० वटा सरकारीस्तरका परियोजना छन् भने २७ वटा परियोजना निजी क्षेत्रका छन् । यी परियोजनामा विदेशी लगानी र लगानीकर्ताको खोजी गरिँदैछ ।
सम्मेलन अन्तर्गत शनिबार साँझ ५ बजेपछि प्रस्ताव गरिएका आयोजनामा लगानीकर्ताले ‘आयोजना बुकिङ’ र लगानीको प्रतिबद्धता घोषणा गर्नेछन् ।
सम्मेलनमा करिब एक दर्जन परियोजनाको काम अघि बढाउन विदेशी लगानीकर्तासँगै समझदारीपत्र ९एमओयू०मा हस्ताक्ष्र गर्ने तयारी गरिएको छ ।